Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • संघीय सरकारका मन्त्रीद्वारा नै सरकारको निर्णय उल्लंघन

    संघीय सरकारका मन्त्रीद्वारा नै सरकारको निर्णय उल्लंघन

    अनलाइन नेपाल
  • शनिबार, १० साउन २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काभ्रे । संघीय सरकारका मन्त्रीले नै सरकारकाे निर्णय उल्लंघन गरेको पाइएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले २५ जना भन्दा बढी भेला हुने सभा, सम्मेलन, गोष्ठी, भोजभतेर, धार्मिक कार्यक्रममा रोक लगाएको छ । तर,  संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथीको रुपमा सहभागी भएर कानुन उल्लंघन गरेका हुन्।

    नेकपाका करिब ७ सय नेता कार्यकर्ता सहभागी भएको मदन भण्डारी फाउण्डेशन काभ्रेको जिल्ला भेलामा उनी सहभागी भएका थिए। बनेपाको होटल उग्रचण्डीको हलमा आयोजित कार्यक्रममा पूर्वमन्त्री आनन्द पोखरेल, गोकुल बाँस्कोटा, संविधानसभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, बसुन्धरा हुमागाईं, गोमा भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघ अध्यक्ष समेत रहेका धुलिखेल नगरप्रमुख अशोक व्याञ्जु लगायत पनौती, बनेपा, नमोबुद्ध नगरपालिकाका प्रमुख उपप्रमुख सहभागी थिए । खचाखच हलमा पनि नअटाएपछि कार्यकर्ताहरु बरण्डा र आँगनमा बसेर समेत कार्यक्रममा सहभागी थिए ।



    मन्त्री ज्ञवालीले सरकारकै निर्णयको बर्खिलाप भएपनि सहभागी भएको प्रतिक्रिया दिए । ‘कोरोना संक्रमणको जोखिम अझै घटेको छैन, सरकारले २५ जना भन्दा बढी सहभागी नहुनु भनेका छ, एक हिसाबले भन्ने हो भने सरकारको निर्णयको बर्खिलाप भएपनि म यसमा सहभागी भएँ’ मन्तव्यको सुरुवात र अन्त्यमा सोबारे प्रतिक्रिया दिएका मन्त्री ज्ञवालीले भने, ‘लकडाउन केही खुकुलो भएपनि संक्रमण बढ्ने जोखिम अझै छ, सजग, सचेत र सुरक्षित रहनुहोला, यो कार्यक्रममा सहभागीहरु ट्रेसिङमा जानुहोला ।’



    थर्मल गनको माध्यमबाट सहभागीको ज्वरो नापिएपनि सहभागीबीच भौतिक दुरी कायम हुने अवस्था थिएन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भेलाबारे औपचारिक जानकारी नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार