Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललितानिवास प्रकरण : दाङका सिडिओ जिम्मेवारीबाट हटाइए, मन्त्रालय तानियो

    ललितानिवास प्रकरण : दाङका सिडिओ जिम्मेवारीबाट हटाइए, मन्त्रालय तानियो

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 3.3K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाइएको छ ।

    मन्त्रालयले सिडिओ वैद्यलाई मन्त्रालयको जगेडामा राखेको हो । उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर वैद्यलाई मन्त्रालय तानिएको बताइएको छ ।



    वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ । ललिता निवास जग्गा प्रकरणमा सिआइबीले बैद्यलाई फरार सूचीमा रोखेको थियो ।



    मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार