Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललितानिवास प्रकरण : सञ्चारसचिव राउत र गृहका सहसचिव वैद्यविरुद्ध पनि मुद्दा दायर

    ललितानिवास प्रकरण : सञ्चारसचिव राउत र गृहका सहसचिव वैद्यविरुद्ध पनि मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा दायर भएको छ ।

    यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राउतविरुद्द मुद्दा नचलाउने तयारी गरेको थियो । तर, सरकारी वकिल कार्यालयले सरकारी किर्तेको कसुरमा उनीविरुद्ध मुद्दा लगाएको हो ।



    राउतलाई गत असार २४ गते काठमाडौंबाट विराटनगर जाने क्रममा पक्राउ गरिएको थियो तर अदालतले साउन १५ गते उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।



    यस्तै दाङका प्रमुख जिल्ला अधिकारीसमेत रहेका सहसचिव सुशील वैद्यलाई पनि प्रतिवादी बनाइएको छ । यो प्रकरणमा २९० जना प्रतिवादी कायम गरेर मुद्दा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार