काठमाडौं । प्रतिनिधि सभाका १० वटा विषयगत समितिको नेतृत्वका लागि आज मनोनय दर्ता हुँदैछ ।
नेकपा (माओवादी) केन्द्रले प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापतिमा माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ ।
पूर्वाधार विकास समितिमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकारी समितिमा नुवाकोटकी विमला सुवेदीको नाम टुंगो लागेको हो ।
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ।
यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन् । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनय दर्ता गर्ने गरी निर्वाचन तालिका निकालिएको छ।
Leave a Reply