चितवन । पिकनिक गएका २ जना त्रिशूली नदीमा शनिबार वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० बर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० बर्षका प्रवीण श्रेष्ठ रहेका छन् ।
उनीहरु चितवनको भरतपुर महानगरपालिका -२९ गाईघाट नजिकै त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
दिउँसो साढे ४ बजेतिर नदीमा वेपता भएका दुबै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Leave a Reply