Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एक महिनाभित्रै सुशासनको कार्ययोजना ल्याउने रक्षामन्त्री खड्काको दाबी

    एक महिनाभित्रै सुशासनको कार्ययोजना ल्याउने रक्षामन्त्री खड्काको दाबी

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले एक महिनाभित्रै सुशासनको कार्ययोजना ल्याउने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् । रक्षामन्त्री खड्काले भएका कमजोरीलाई सुधार्ने र सुशासनका लागि देशभर अभियान चलाउने तयारी गरेको बताए ।



    रक्षामन्त्री खड्काले भने,‘भएका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ । सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हमीले पहल गरिरहेका छौं।’



    यो महिनाभित्रै उक्त कार्ययोजना मन्त्रिपरिषद्ले पास गर्ने र सरकारबाट दिनुपर्ने सेवामा नयाँपनको आभास गराउने खड्काले बताए ।

    हाल अनुसन्धान प्रक्रियामा रहेका केही भ्रष्टाचार र अनियमितता प्रकरणमा दोषी नउम्कने र निर्दोष नफस्ने गरी काम भइरहेको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार