Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • गैरआवासीय नेपालीलाई सहज ढंगले नागरिकता प्रदान गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री श्रेष्ठ

    गैरआवासीय नेपालीलाई सहज ढंगले नागरिकता प्रदान गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 948
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गर्ने बताएका छन् ।

    सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीसँगको भेटमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माणगरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाए।



    गृहमन्त्री श्रेष्ठले भने,’गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ ।’

    उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

    गृहमन्त्री श्रेष्ठलेले नियमावलीमा विदेशमा रहेका नेपालीलाई अप्ठ्यारो पर्ने प्रावधान नराख्ने तर केही प्राविधिक समस्या देखापरे सहजीकरण गर्न सरकार तयार रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार