Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • गृहमन्त्री भन्छन् – सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन्

    गृहमन्त्री भन्छन् – सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन्

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 933
    SHARES

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आमनागरिकमा आशा जागेको बताएका छन् ।

    माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै ठाउँबाट अभियान चलाए को बताए ।



    ‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आमनागरिक यो अभियानबाट खुशी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट आमनागरिकमा आशा पलाएको छ’, उनले भने ।



    सरकारले भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको उनले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार