Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • छ केजी अफिमसहित चार जना पक्राउ

    छ केजी अफिमसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १० साउन २०७७
  • 2.6K
    SHARES

    फाइल तस्विर

    दाङ। जिल्ला प्रहरी कार्यालय दाङले छ केजी लागुऔषध अफिमसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका– ५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् ।

    साउन ८ गते दाङको राप्ती गाउँपालिका एक रातो डाँडास्थित दक्षिणकाली सोल्टी होटलमा लागुऔषधको कारोवार भइरहेको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट छ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नम्बरको मोटरसाइकल र लु१च ६१७१ नम्बरको बोलेरो जीप पनि फेला पारेको प्रहरीले जनाएको छ ।



    पछिल्लो समयमा भालुवाङ क्षेत्रमा लागुऔषधको कारोवार बढेको प्रहरीले जनाएको छ । पश्चिम दाङमा प्रहरी क्रियाशील हुँदा लागुऔषध कारोवारीले बाटो परिवर्तन गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए । यसअघि पनि भालुवाङबाट लागुऔषधकै कारोवार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार