Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सीआईबीले सर्वसाधारणलाई भन्यो – सुनसँग सम्बन्धित केही सूचना र प्रमाण भए पठाएर सहयोग गर्नू

    सीआईबीले सर्वसाधारणलाई भन्यो – सुनसँग सम्बन्धित केही सूचना र प्रमाण भए पठाएर सहयोग गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गत साउन ३ गते बरामद भएको ६० किलो तस्करीको सुनबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वसाधारणलाई सुनसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गरिदिन अनुरोध गरेको छ ।

    विभिन्न गिरोहले अबैध रुपमा भन्सार छली ल्याएको सुन प्रकरणबारे अहिले पनि अनुसन्धान चलिरहेको जनाउँदै सीआईबीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वसाधारणसँग पनि सूचना मागेको हो ।



    सुनबारे कुनै सूचना भए ब्यूरोको इमेल ठेगाना [email protected] मा पठाउन वा ब्यूरोका सूचना अधिकारीलाई ९८५१२९१३११ मा सम्पर्क गर्न भनेको छ ।



    सुन तस्करीबारे आफूहरुसँग सूचना रहेको र आवश्यक परे दिने भन्दै सांसद् रवि लामिछाने लगायतले सार्वजनिक रुपमा बताइरहेका बेला सीआईबीले कुनै सूचना भए सम्प्रेषण गरिदिन अनुरोध गरेको हो ।

    यसअगाडि विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणको पनि सुक्ष्म रुपमा अनुसन्धान भइरहेको सीआईबीले उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार