Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सीमा नाकामा सशस्त्र प्रहरीमाथि भारतीय समूहबाट आक्रमण

    सीमा नाकामा सशस्त्र प्रहरीमाथि भारतीय समूहबाट आक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १० साउन २०७७
  • 3.2K
    SHARES

    फाइल तस्विर

    रौतहट । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको हाे।सरमझुवास्थित बोर्डर आउट पोस्ट(बीओपी) को टोलीमाथि भारतीय नागरिकको समूहले आक्रमण गरेको सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटका प्रमुख एसपी रविनराज कर्णजितले बताए ।

    उनका अनुसार परोहा–९ स्थित नरकटिया नाकाबाट नेपाल छिर्न नदिएको भन्दै भारतीयहरुले सशस्त्र टोलीमाथि आक्रमण गरेको हो । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतीय महिलालाई नआउन अनुरोध गर्दा प्रहरी टोलीमाथि हँसियाले आक्रमण गरिएकाे उनकाे भनाइ छ।



    पूर्वी चम्पारण, कबैया ६ अर्सलवाकी सीमादेवी कुसवाहाले हँसियाले सशस्त्र प्रहरीमाथि प्रहार गरेकी हुन् । त्यसपछि आत्मरक्षाका लागि सशस्त्रले एक राउण्ड हवाई फायर गरेको एसपी कर्णजितले जनाए ।



    आक्रमणबाट सशस्त्र प्रहरीका एक जना जवानको हाट काटेको उनले जानकारी दिए । घटनापछि सीमा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो । भारतीयहरुको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार