Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • महिला टी-ट्वान्टी आई सिरिज : नेपाल र मलेसिया खेल्दै

    महिला टी-ट्वान्टी आई सिरिज : नेपाल र मलेसिया खेल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।

    मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।



    आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।



    यसअघिका दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अंकसहित फाइनल नजिक छ । नेपालले मलेसियालाई हराएमा ६ अंकका साथ अपराजित रहँदै फाइनल पुग्ने छ। नेपाल पराजित भएमा भने नेटरनरेटमा फाइनल पुग्ने टिमको तय हुने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार