Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ड्युटीमा खटिएका इन्स्पेक्टरमाथि धारिलो हतियार प्रहार, टाउको र हातमा गम्भीर चोट !

    ड्युटीमा खटिएका इन्स्पेक्टरमाथि धारिलो हतियार प्रहार, टाउको र हातमा गम्भीर चोट !

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 6.2K
    SHARES

    झापा । झापामा एकजना प्रहरी निरीक्षकमाथि बिहीबार साँझ धारिलो हतियार प्रहार भएको छ । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवालमाथि एक युवाले बञ्चरो प्रहार गरेका हुन् ।

    झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए । तीन जना युवा सवार मे ४ प २७५१ नम्बरको मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको झापा प्रहरीले जनाएको छ । उनको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।



    प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ भने आक्रमणमा संलग्न युवा मादकपदार्थ सेवन गरेर लठ्ठ भएको प्रहरीको भनाई छ । उनीहरुमाथि प्रहरी थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार