काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तरको कार्यक्रम भदौ १२ गते हुने जानकारी सदनलाई गराएका हुन्।
सांसदले लिखित प्रश्न संघीय संसद सचिवालयमा बुझाउनुपर्छ।
सांसदले भदौ ८ गते शुक्रबार अपराह्न ३ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष लिखित रूपमा प्रश्न उपलब्ध गराउनुपर्ने सभामुख घिमिरेले बताए।
Leave a Reply