Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • संसदको अधिकारमा अदालतले अनावश्यक हस्तक्षेप गर्‍यो : सांसद घिमिरे

    संसदको अधिकारमा अदालतले अनावश्यक हस्तक्षेप गर्‍यो : सांसद घिमिरे

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले संसद विकास कोषका विषयमा सर्वोच्च अदालतले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् ।

    प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले सर्वोच्च अदालतको आदेशले शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएको बताएका हुन् । घिमिरेले आफ्नो कार्यक्षेत्रबाहिर निस्किएर सर्वोच्चले व्यवस्थापिकाको कार्यक्षेत्रमा प्रवेश गरेको आरोप लगाए ।



    प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद घिमिरेले संविधानले अँगालेको शक्ति पृथकीकरणको सिद्धान्तलाई प्रभावित पार्ने गरी आदेश आएको आरोप लगाए ।



    कांग्रेस केन्द्रीय सदस्य समेत रहेका घिमिरेले आफू न्यायालयको स्वतन्त्रताका लागि जीवनभर लडे पनि राज्यका निकायले एकअर्काको क्षेत्राधिकार ख्याल गर्नुपर्ने बताए ।

    सरकारले बजेटमा सांसदले आफ्नो योजनामा बजेट खर्च गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड दिने व्यवस्था गरेको छ ।

    उक्त व्यवस्थाको विरोधमा परेको रिटमा सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संघ र प्रदेश सरकारले सांसद विकास कोषको रकम खर्च नगर्न अन्तरिम आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार