Online Nepal
  • शनिबार, २० पुष २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

    बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 999
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीकै मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै महासंघले हिजो बुधबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जनाएको हो ।



    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो बुधबार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको थियो ।



    मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ ।

    हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ थियो ।

    यस्तै, आज १० रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको कारोबार प्रतितोला १४ सय १५ रुपैयाँमा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार