Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बारा बस दुर्घटना : ७ जना मृतकको सनाखत, ६ भारतीय नागरिक

    बारा बस दुर्घटना : ७ जना मृतकको सनाखत, ६ भारतीय नागरिक

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । बारा तीर्थयात्री बोकेको बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत भएको छ ।

    काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।



    उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् । भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।



    दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार