Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • धादिङ बस दुर्घटना : मृतक आठै जनाको सनाखत

    धादिङ बस दुर्घटना : मृतक आठै जनाको सनाखत

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । धादिङको गजुरीमा बुधबार भएको बस दुर्घटनामा ज्यान गुमाउने आठैजनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत भएको हो ।

    काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट त्रिशूली नदीमा खसेको थियो ।



    दुर्घटनामा ज्यान गुमाउनेमा म्याग्दीको रघुगंगा गाउँपालिका ३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका १ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका ८ का २० वर्षीय सुशिल रम्तेल, गजुरीकै १७ वर्षीय सविन रम्तेल, कास्कीको फुलबारी ११ का २४ वर्षीय सुमन थापा, पर्वतको जलजला गाउँपालिका ६ की ४२ वर्षीया राधिका सापकोटा, पर्वतकै मोदी गाउँपालिका ५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री र म्याग्दीको धौलागिरी गाउँपालिका ५ का ७२ वर्षीय टेकबहादुर छन्त्याल छन् ।



    दुर्घटनामा परेको बसमै सवार म्याग्दीको मंगला गाउँपालिका २ का ३६ वर्षीय हरि अरमोजा दुर्घटनापछि बेपत्ता रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १५ जनामध्ये ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार