Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कोशी सरकारविरुद्धको रिटमा आज पेसी, थापा नेतृत्वको सरकार फेरि सङ्कटमा

    कोशी सरकारविरुद्धको रिटमा आज पेसी, थापा नेतृत्वको सरकार फेरि सङ्कटमा

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 870
    SHARES

    काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजको लागि पेसी तोकिएको छ ।

    सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको हो । कोशीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्‍याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो ।



    नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभामुख इस्राइल मन्सुरीले समेत मत दिएका थिए ।



    सभामुखले पक्ष वा विपक्षमा मतदान गर्न नपाउने संवैधानिक व्यवस्था छ । मत बराबरी भएको अवस्थामा भने निर्णायक मत दिन पाउँछन् ।

    थापा गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । आज अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि सङ्कटमा पर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार