काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले साउन १० गते देखि भएको संसद अवरोधबारे प्रश्न उठाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उयतिका दिनसम्म संसद किन बन्ध भयो भन्दै प्रश्न गरेका हुन् ।
उनले प्रश्न गर्दै भने, ‘यो संसद कसले बन्द गर्यो ? नेपाली जनताको आवाज किन बन्द भयो ? यो गम्भीर प्रश्न खडा भएको छ ।’
संसद बन्द हुँदा विभिन्न महत्वपूर्ण ऐनमाथि छलफल हुन नसकेकोमा लामिछानले रोष प्रकट गरे । यस्तै भारत र चीन आर्थिक उन्नतिको शिखरमा पुग्दा हामी प्रहरीको सरुवा बढुवामा आँखा लगाए बसेको उनले बताए ।
Leave a Reply