Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • आज बेलुका चन्द्रमामा अवतरण गर्दै भारतले पठाएको चन्द्रयान–३

    आज बेलुका चन्द्रमामा अवतरण गर्दै भारतले पठाएको चन्द्रयान–३

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 759
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ आज चन्द्रमामा अवतरण गर्ने भएको छ ।

    भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ आज बेलुका ६ बजेर ४ मिनेटमा अवतरण हुन लागेको हो । सकुशल अवतरण भएमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो यान बन्नेछ ।



    चन्द्रमाको दक्षिणी ध्रुवमै अवतरण गर्ने क्रममा रहेको रुसी यान लुना–२५ आइतवार दुर्घटनामा परेपछि चन्द्रयान–३ लाई पहिलो हुने अवसर छ ।



    भारतले चन्द्रमा मिसनका लागि गएको जुलाई १४ मा अन्तरिक्ष यान पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार