Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललितानिवास प्रकरण : जग्गा फिर्ता गर्ने ४८ जनालाई छुट, १८ अर्ब ३५ करोड मागदाबी

    ललितानिवास प्रकरण : जग्गा फिर्ता गर्ने ४८ जनालाई छुट, १८ अर्ब ३५ करोड मागदाबी

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा १८ अर्ब ३५ करोड मागदाबी गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयार पारेको प्रतिवेदनमा १० जनालाई मुख्य अभियुक्त बनाएर सो रकम मागदाबी गरिएको हो ।

    प्रतिवेदनमा २३८ जनालाई कसुरदार ठहर गरिएको छ । प्रतिवेदनमा ४८ जनाले जग्गा फिर्ता गरेको उल्लेख छ । जग्गा फिर्ता गर्छु भन्दै निवेदन दिनेमा काठमाडौं महानगरपालिका ३१ कमलादीका सिपिका खेतानसहित ४८ जना छन् ।



    सीआईबीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । सीआईबीको प्रतिवेदनमा चार पूर्वमन्त्रीहरुलाई पनि संगठित अपराध र किर्तेको कसुरमा प्रतिवादी बनाउन राय दिइएको छ ।



    जसमा पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय साह छन् । अब जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवदेन अध्ययन गरेर मुद्दालाई अगाडि बढाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार