Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बालसुधार गृहमा भएको झडपमा १५ प्रहरी र ६ जना बन्दी घाइते

    बालसुधार गृहमा भएको झडपमा १५ प्रहरी र ६ जना बन्दी घाइते

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा बालकको मृत्युको घटनालाई लिएर तनाव सृजना भएको छ । सुधार गृहमा बालबालिकाहरुले बाहिर निस्केर प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको भएको हो ।

    बाल सुधार गृहमा रहेका कमल बस्नेतको समयमा नै उपचार नपाएको मृत्यु भएको भन्दै बालबालिकाहरुले प्रदर्शन गरेका थिए । सो क्रममा बाल सुधार गृहभित्रबाट सुरक्षाकर्मीमाथि ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा झडप भएको थियो ।



    झडपका क्रममा ८ जना सशस्त्र प्रहरी, ७ जना प्रहरी र ६ जना बाल सुधार गृहमा रहेका बन्दीहरू घाइते भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । बाल सुधारगृहमा २९७ जना रहेकोमा २२१ जना प्रदर्शन गर्दै बाहिर निस्किएका थिए ।



    आइतबार उक्त सुधारमा बस्नेतको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका थिए । बाल सुधारगृहबाट भागेका २२१ जनामध्ये १९४ जना सम्पर्कमा आइसकेको छन् भने २७ जना सम्पर्कमा आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार