Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • एयरपोर्टको नयाँ नियम : भीआईपीले जहाजसम्म गाडी लैजान नपाउने, भीभीआईपीका सवारीले पनि १ घण्टा अघि नै पास लिनुपर्ने

    एयरपोर्टको नयाँ नियम : भीआईपीले जहाजसम्म गाडी लैजान नपाउने, भीभीआईपीका सवारीले पनि १ घण्टा अघि नै पास लिनुपर्ने

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 981
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी)हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् ।

    तर, भीभीआइपी (अतिविशिष्ट)को हकमा भने सुरक्षा एस्कर्टसहित आवागमनको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ । ‘अतिविशिष्ट/विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८०’ अनुसार यस्तो नियम अनिवार्य गरिएको विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले जानकारी दिए ।



    यसअघि पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षहरु तथा मन्त्रीहरुले आफ्नै गाडी जहाजसम्म लैजाने गरेकोमा अब यो रोकिने छ ।



    उच्च पदस्थ व्यक्तिको सवारी हुने दिन १ घण्टा अगाडि नै आन्तरिक टर्मिनलमा पुगी निषेधित क्षेत्रमा प्रवेश गर्ने भीआइपी सवारी साधनको विवरण टिपाएर पास लिनु पर्ने व्यवस्था विमानस्थलले गरेको छ ।

    एयरलाइन्सको चेकइन र लगेजको सुरक्षा जाँच समेत अगाडी नै गर्न विमानस्थलले सूचित गरेको छ । भीआईपीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म लैजाने व्यवस्था मिलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार