Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बैठक छाडेर उपसभामुख काठमाडौं हिडेपछि कोशीका मुख्यमन्त्रीले भने–उपसभामुखले संसदीय परम्परा तोड्नुभयो

    बैठक छाडेर उपसभामुख काठमाडौं हिडेपछि कोशीका मुख्यमन्त्रीले भने–उपसभामुखले संसदीय परम्परा तोड्नुभयो

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 699
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् । थापाले आइतबार विश्वासको मत लिने प्रस्ताव गरेका थिए, तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेका लागि समय तोकिन् ।

    तर, प्रदेशसभाको बैठक बस्ने दिन उपसभामुख दनुवार उपचारका लागि भन्दै काठमाडौंमा हिँडिन् । प्रदेशसभाका जेष्ठ सदस्य रहेका एमालेका ७ र राप्रपाका एक जनाले बैठकमा उपस्थित नहुने जानकारी गराइसकेका छन् ।



    अहिले केहीबेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइए पनि आज विश्वासको मत दिने सम्भावना नरहेको मुख्यमन्त्री थापले बताए । सत्तारुढ दलका नेताहरुसँग भएको छलफलपछि थापाले भने–‘आज विश्वासको मत लिने सम्भावना देखिएन । सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौं ।’



    उनले आफैंले तोकेको बैठकमा उपसभामुख अनुपस्थित हुनु गलत भएको समेत बताए । एमालेको निर्देशनमा उपसभामुख चलेको हो भन्ने प्रश्नमा उनले भने–‘ त्यो आरोप त लगाउँदिन । तर आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नु भएको छ ।’

    कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न नसकेपछि सभाको कार्यसूची नै बन्न नसकेको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भीम पराजुलीले बताए । उनका अनुसार दिउँसो समितिको बैठक बसी सभाको कार्यसूची तय गर्नेछ । सभाको कार्यसूचीसमेत तय नभएका कारण सभा चल्ने नचल्ने विषयमा अझै टुंगो लागेको छैन ।

    सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थापासँग ४७ सदस्य छन् । ४७ मध्ये अध्यक्ष मण्डलमा रहेका कसैले सभा सञ्चालन गर्नुपरे उनलाई ४६ जनाले मात्रै विश्व सको मत दिन पाउने छन् ।

    थापालाई विश्वासको मत लिनबाट रोक्नका लागि राप्रपा र एमोलका ९ जना ज्येष्ठ सदस्यले हिजै बिदामा बसेका छन् । उपसभामुखसमेत बिरामी भएको भन्दै उपचारका लागि काठमाडौं गएकी छन् । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन साउन १६ गते राजीनामा दिएका थिए । माओवादीबाट प्रदेशसभा सदस्य भएका गौतम अहिले आर्थिक मामिला तथा योजनामन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार