Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • यस्तो छ प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले संसदीय समितिमा प्रस्तुत गरेको भावी कार्ययोजना

    यस्तो छ प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले संसदीय समितिमा प्रस्तुत गरेको भावी कार्ययोजना

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 630
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित विश्वम्भरप्रसाद श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका छन् । संसदीय समितिको बैठक सुरु भएसँगै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो अवधारणापत्र प्रस्तुत गरेका हुन् ।

    उनले प्रस्तुत गरेको भावी कार्ययोजना एवं अवधारणापत्रमा न्यायपालिकामा योजनाबद्ध सुधार र साधन स्रोतको व्यवस्थापन‚ न्याय सम्पादन‚ अदालतहरूको कार्यबोझ‚ जनशक्ति र बजेट‚ मुद्दा व्यवस्थापनमा सुधार र फरक मुद्दा व्यवस्थापन पद्धति‚ फैसला कार्यान्वयनको विषय समेटिएको छ ।



    उनले पेश गरेको योजनामा भनिएको छ–‘नेपालको संविधानले न्यायपालिका सम्बन्धमा गरेको व्यवस्था, यसलाई प्रदान गरेको जिम्मेवारी र अपेक्षित भूमिकाको आलोकमा न्यायपालिकाको सुधारसम्बन्धी मेरो भावी कार्यदिशा र कार्ययोजना तय हुनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ ।’



    न्यायपालिकाको समग्र सुधारसम्बन्धी नीतिगत दस्ताबेज र व्यवस्थापकीय औजारको रूपमा न्यायपालिकाको मूल रणनीतिक योजना रहने उनले उल्लेख गरेका छन् । न्यायपालिकाको सुधारका सम्बन्धमा भएका उच्चस्तरीय अध्ययन र न्यायपालिकाको रणतीतिक तर्जुमा, कार्यान्वयन तथा मूल्यांकन प्रक्रियामा रहेको अनुभवसमेतका आधारमा काम गर्ने उल्लेख गरेका छन् ।

    न्यायपालिकाप्रतिको आस्था र विश्वास प्रयोग गर्दै न्यायिक सुशासनको आफ्नो जोड रहेको उल्लेख गर्दै आवश्यक नीतिगत सुधारको प्रयास गर्ने बताएका छन् ।

    न्यायपालिकामा देखिएका समस्या, चुनौती र प्रमुख सवालहरूलाई सम्बोधन गर्ने रणनीतिक दस्ताबेजको रुपमा तयार आफूले बैठकमा लिखितरूपमा पेश गरेको उनको भनाइ छ ।

    त्यस्तै सूचना प्रविधिको संस्थागत विकास‚ न्यायिक सुशासन र सदाचार‚ न्यायमा सहज पहुँच अभिवृद्धि‚ न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि‚ न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तता‚ क्षतिपूर्तिसहितको न्याय एवं पुनर्स्थापकीय न्याय‚ अदालतहरूको भौतिक पूर्वाधार‚ न्यायिक जनशक्तिको क्षमता विकास र उत्प्रेरणास सरोकारवालाहरूको सहयोग र समन्वयलगायत विषय समेटिएका छन् ।

    प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका सम्बन्धमा साउन २४ मा सुनुवाइ समितिले उजुरी आह्वानका लागि सूचना निकालेको थियो । १० दिनमा श्रेष्ठको सम्बन्धमा ३ उजुरी परेकोमा एउटा उजुरी सैद्धान्तिक र दुई उजुरी प्रस्तावित व्यक्तिविरुद्ध परेका थिए ।

    अहिले समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरिसकेपछि समितिले अहिले सुनुवाइ प्रक्रिया टुंग्याउन लागेको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सोमबार नै हुनेछ ।

    यस्तो छ श्रेष्ठले प्रस्तुत गरेको भावी कार्ययोजना

    यस्तो छ कार्ययोजना :
















    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार