Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु

    प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 477
    SHARES

    काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया शुरू गरेको छ ।

    समितिको सोमवार बसेको बैठकमा प्रधानन्यायाधीश पदमा सिफारिस श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया शुरू गरेको हो ।



    संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका श्रेष्ठले संसदीय सुनुवाइ समितिमा लिखित कार्यायोजनासमेत प्रस्तुत गरेका छन् ।



    यसअघि समितिले उनीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको थियो । गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार