काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिएका व्यक्तिहरूसँग संसदीय सुनुवाइ समितिमा छलफल भइरहेको छ ।
सिंहदरबारस्थित समितिको सभाकक्षमा छलफल गरिएको हो ।
श्रेष्ठविरुद्ध इमेलबाट तीन उजुरी परेका छन् । आइतबार समितिको बैठकमा उनीविरुद्धका उजुरी खोलिएको थियो ।
उजुरीकर्तासित छलफलपछि आजै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग छलफल गर्ने समय तोकिएको छ ।
गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।
Leave a Reply