Online Nepal
  • बुधबार, १० पुष २०८१
  • संसद् खुलाउन राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पनि बस्दै

    संसद् खुलाउन राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 513
    SHARES

    काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय दलको बैठक आज पनि बस्ने भएको छ ।

    सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार सर्वदलीय बैठक बोलाएका थिए। तर सरकार उच्चस्तरीय छानबीन समिति गठन गर्न तयार नभएकाले सोमबार पुनः बस्ने गरी बैठक टुंगिएको हो ।



    एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेकाले बैठकमा ठोस निर्णय नभएकाले आज बैठक पुनः बोलाइएको बताइएको छ । आइतबारको बैठकमा एमालेको तर्फबाट उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्बाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए।



    ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै विपक्षी एमालेले साउन १० देखि अवरुद्ध लगातार संसद् अवरोध गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार