काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन् ।
आइतबार सङ्घीय संसद् भवन परिसरमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले संसद तत्काल सुचारु गराउन संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह गरे ।
देश र जनताको कुरा गर्न थलो भएकाले संसद बैठक छिटोभन्दा छिटो सुचारु गरानुपर्ने कोइरालाको भनाइ थियो ।
नेता कोइरालाले भने, ‘संसद् छिटोभन्दा छिटो चल्नुपर्छ । अब पर्सी बैठक बोलाइएको छ । हेरौँ, के गर्नुहुन्छ ? यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन । यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद् चल्नुपर्छ।’
सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरूले अडान लिन नहुने बताए ।
उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वाभाविक भए पनि संसद् बैठक भने सुचारु गराउनुपर्ने बताए ।
Leave a Reply