Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • अविवाहित युवतीले जन्माएको शिशु अस्पतालबाटै गायब भएपछि…

    अविवाहित युवतीले जन्माएको शिशु अस्पतालबाटै गायब भएपछि…

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 963
    SHARES

    मोरङ । विराटनगरको ग्रीनक्रस अस्पतालबाट एक नवजात शिशु गायब पारिएको छ ।

    अविवाहित युवतीबाट जन्मिएको शिशु हराएको घटनामा दुईजना पक्राउ परेका छन् ।



    एक अविवाहित पुरुष र महिलाबाट गत साउन १४ गते विराटनगरको ग्रिनक्रस हस्पिटलमा एक शिशुको जन्म भएको थियो।  तर त्यहाँबाट शिशु गायव भएपछि प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो।



    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अहिले उक्त अस्पतालका डाक्टर तपेश्वरलाल कर्ण र ती शिशुका बाबु भनिएका गोविन्द राईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ।

    अस्पतालले नवजात शिशु अविवाहित जोडीकै जिम्मा लगाएको बताएको छ। उनीहरुले भने उक्त शिशु आफूले जिम्मा नलिएको र हस्पिटलले नै गायव पारेको आरोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार