Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • कालोपत्रे नगरेको भन्दै स्थानीयले गरे बीपी राजमार्ग अवरुद्ध

    कालोपत्रे नगरेको भन्दै स्थानीयले गरे बीपी राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 804
    SHARES

    काभ्रे । स्थानीयले बीपी राजमार्गअर्न्तगत चौकोट सडकखण्ड अवरुद्ध गरेका छन् ।

    निर्माण व्यवसायीले पिच भत्काएर समयमै सडक कालोपत्रे नगरेको भन्दै स्थानीय सडकमा उत्रिएका हुन् ।



    राजमार्गअर्न्तगत चौकोटदेखि शारदा बतासे सडकखण्ड कालोपत्रे गर्नका लागि मर्मत सम्भार कार्य अघि बढाइएको थियो ।



    दुई महिनाअघि सडक कालोपत्रे गर्न भनी पिच उप्काइएको र हालसम्म काम अघि नबढाउँदा धुलो उड्ने, हिलो हुनुका साथै सवारी साधन सञ्चालनमा पनि जोखिम भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

    उक्त सडक खण्डको कालोपत्रेका लागि २०७९ पुस १९ गते गणेश एन्ड गंगा कन्स्ट्रक्सन कम्पनी प्रालिले २०८० असारसम्म सक्ने जिम्मेवारी पाए पनि समयसीमा सकिइसक्दा पनि सडक कालोपत्रेको काम सम्पन्न नभएपछि स्थानीय विरोधमा उत्रिएकाछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार