भैरहवा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको उपलब्धिबारे समीक्षा हुनुपर्ने बताएका छन् । कांग्रेस क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता खड्काले यस्तो बताएका हुन् ।
उनले चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताए । उनले जनताको अधिकारलाई हातमा लिने तत्कालीन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पारे ।
‘प्रतिकूलतालाई अनुकूलतामा बदलेर कांग्रेससहितको सहभागितामा पुष्पकमल दहालको नेतृत्वमा संघदेखि प्रदेशसम्म अभियान चलायौं। यो चार महिना हामी सरकारमा रहेपछिको उपलब्धि समीक्षाको विषय हुनुपर्छ। केही कमी-कमजोरी भए यसलाई सच्याउनुपर्छ,’ उनले भने ।
नेपाली कांग्रेस ठूलो दल भए पनि पुस १० पछि कांग्रेस कार्यकर्तामा निरासा छाएको बताउँदै उनले तत्कालीन प्रतिकूलतालाई सफलतापूर्वक अनुकूलतामा परिवर्तन गरेको दाबी गरे ।
Leave a Reply