Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एमाले सचेतक बर्तौलाले भने – संसद् अवरोधको कारक नै सरकार हो

    एमाले सचेतक बर्तौलाले भने – संसद् अवरोधको कारक नै सरकार हो

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 669
    SHARES

    बुटवल ।नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद् अवरोधको कारक नै सरकार भएको आरोप लगाएका छन् ।

    बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् । सचेतक बर्तौलाले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताए।



    सचेतक बर्तौलाले संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएको बताए। सचेतक बर्तौलाले जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्षले संसद् अवरोध गर्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप लगाए।



    प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने तर सरकार संविधान र संसदीय मूल्यमान्यता विपरीत अगाडि बढेकाले संसद् अवरोध हुन पुगेको उनको भनाइ छ।

    उनले नेकपा एमालेले उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने आवाज संसदमा उठाउँदै आएकोमा सरकारले त्यसमा कुनै चासो नदिनु कहीँ न कहीँ संलग्नता भएको शंका उत्पन्न भएको बताए। उनले सरकार जति लम्बिन्छ त्यति नै राष्ट्रलाई ठूलो घातक हुने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार