Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री महतले भने – सरकारले गरेका राम्रा कामको प्रचार गर्नुपर्छ

    अर्थमन्त्री महतले भने – सरकारले गरेका राम्रा कामको प्रचार गर्नुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 510
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसको लक्ष्य नै आर्थिक समृद्धि सिर्जना गर्ने रहेको बताएका छन् ।

    शनिबार कांग्रेस काठमाडौं क्षेत्र नं ३ को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले आर्थिक समृद्धि सिर्जना गरेर नागरिकलाई समृद्धिको पहुँचमा पुराउने कांग्रेसको लक्ष्य भएको बताए।



    गलत सूचनाको प्रवाहका लागि संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य साबित गराउने खतरा विद्यमान भएकाले जनतालाई सरकारले गरेका सही कुराको प्रचार गर्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ ।

    नयाँ पार्टीहरूले गरेका साना कुराको धेरै प्रचार हुने गरेको र कांग्रेसले गरेका धेरै महत्वपूर्ण कामहरूको प्रचार हुन नसकेको उनले गुनासो गरे।

    अर्थमन्त्री महतले सीमित साधन स्रोतका कारण सबै स्थानमा बजेट विनियोजन हुन नसकेको जिकिर गरे।

    उनले यसअघि केपी ओली नेतृत्वको सरकारको पालादेखि नै अव्यवस्थित बजेट विनियोजन गर्दा अहिले समस्या देखिएको तर्क गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार