गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् ।
मुसिकोट नगरपालिका १का वडाध्यक्ष मोहन घिमिरे रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् ।
घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।
Leave a Reply