Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • आइतबारदेखि संसद्को अवरोध हट्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    आइतबारदेखि संसद्को अवरोध हट्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 687
    SHARES

    कााठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार संसद्को अवरोध हट्ने बताएका छन् ।

    स्व.रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको बताए । प्रधानमन्त्री प्रचण्डले शनिबार पनि आफूले संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘हामीले निरन्तर पहल गर्दै आएको तपाईंहरूलाई थाहा छँदैछ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ । आशा छ भोलि सदन खुल्छ।’

    शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् बैठक सुसञ्चालन हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्रीको भनाइ छ ।

    उनले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार