काठमाडौं । माओवादी केन्द्रीय कमिटीमा दुईजना केन्द्रीय सदस्य थपिएका छन् ।
केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय कमिटी सदस्य बनाइएको हो ।
कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएपछि गौतमलाई केन्द्रीय सदस्य बनाइएको हो हो । यस्तै अर्का नेता मण्डल पनि गत निर्वाचनमा सप्तरी १ मा बागी उम्मेदवारी दिएपछि पार्टीको कारवाहीमा परेका थिए ।
कारवाही फुकुवा गर्दै माओवादीले केन्द्रीय सदस्य बनाएको हो । दुई जना थपिएपछि केन्द्रीय कमिटीमा पूर्ण ४०९ र वैकल्पिक २०५ जना सदस्य पुगेका छन् ।
Leave a Reply