Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने

    संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 792
    SHARES

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्‌लाई बन्धक बनाउन नमिल्ने बताएका छन्।

    झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    सभापति लामिछानेले राजनीतिक खिचातानीका कारण सांसद् अवरुद्ध गर्न नहुने बताए ।



    सभापति लामिछानेले भने,’जनताका धेरै कुरा उठाउनुछ । चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।’

    सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार