Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कांग्रेस सभापति देउवाले भने – कर्मचारी भनेको स्थायी सरकार हो

    कांग्रेस सभापति देउवाले भने – कर्मचारी भनेको स्थायी सरकार हो

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 615
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन् ।

    नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले सभापति देउवाले यस्तो बताएका हुन् ।



    सभापति देउवाले भने,‘कर्मचारी भनेको स्थायी सरकार हो । हामी भनेको राजनीतिक भनेको आउने जाने हो, निर्वाचित सरकार र स्थायी सरकार हुन्छ, त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो । त्यो स्थायी सरकार सशक्त हुनुपर्छ ।’



    सभापति देउवाले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरूसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए ।

    उनले अहिले पार्टीका नाम जुनकुनै राखे पनि सबै पार्टीहरू प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार