Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कानुनमन्त्री गुरुङले भने – सरकारले उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्छ

    कानुनमन्त्री गुरुङले भने – सरकारले उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 681
    SHARES

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन हुने बताएका छन्।

    नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै कानुनमन्त्री गुरुङले यस्तो बताएका हुन् ।



    कानुनमन्त्री गुरुङले भने,‘सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्र्छ भनेर त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन । यो कार्यान्वयन नै गर्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’



    सरकार सुशासन स्थापित गरेर देशलाई अघि बढाउन प्रतिवद्ध रहेको बताए ।

    कानुनमन्त्री गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताए ।

    उनले सरकारले भ्रष्टाचारका ठूल्ठूला फाइलहरू खोल्दै जाने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार