काठमाडौं । काठमाडाैँमा एसिड प्रहारमा परेकी युवतीको पक्षमा अधिवक्ता राधिका खतिवडाले निःशुल्क बहस पैरवी गर्ने घोषणा गरेकी छन् । विहिबार साँझ राजधानीको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने २ व्यक्ति पक्राउ परेपछि दाेषीलाइ सजाय दिलाउन उनी लागि परेकी हुन्।
पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल काठमाडौंको डल्लु बस्दै आएका साहु मोहम्मद आलम र काम गर्ने भारतीय नागरिक मुन्ना महम्मद रहेका छन। साहु मोहम्मदले पनि अभियोग स्वीकारेका छन् । आक्रमणमा परेकी २२ वर्षीय युवती पवित्रा कार्कीले आफूसँग प्रेम नगरेको उनको भनाइ छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हात डढेको देखेपछि उनले नै एसिड हानेको एकिन हुन साथ पक्राउ गरिएकाे हाे।
अनुसन्धान अधिकृतहरुका अनुसार एक क्यासिनोमा काम गरेका बेला मोहम्मदसँग युवतीको चिनजान भएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना बिहीबार राति ११ बजे पक्राउ परेका थिए। घटनास्थल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो।
Leave a Reply