Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – मेरो चीन भ्रमणमा ऊर्जासम्बन्धी महत्वपूर्ण सम्झौता हुन्छ

    प्रधानमन्त्री प्रचण्डले भने – मेरो चीन भ्रमणमा ऊर्जासम्बन्धी महत्वपूर्ण सम्झौता हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 486
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुने बताएका छन् ।

    नेपाल विद्युत् प्राधिकरणको ३८औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दूरगामी सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी अर्को छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे–केरुङ २२० केभी प्रसारणलाइन निर्माणमार्फत् जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेका छौँ । मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु।’



    प्रधानमन्त्री प्रचण्डले हालै भएको भारत भ्रमणका क्रममा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने प्रारम्भिक सहमति भएको स्मरण गरे ।

    त्यो समझदारीलाई मूर्तरुप दिन नेपाल र भारतका अधिकारीहरु निरन्तर संवादमा रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार