गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थालेको बताएका छन् ।
गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीहरु भ्रष्टाचारविरूद्धको अभियानमा कसरी भाँजो हाल्न सकिन्छ भन्ने षड्यन्त्र गरिरहेका बताए ।
गृहमन्त्री श्रेष्ठले भने, ‘तस्कर र ठग, भ्रष्टाचारीका संरक्षकहरूले सरकारलाई अप्ठ्यारो पारे भनेर तैँ चुप मै चुप भएर बसौं, पहिला जे छ त्यस्तै गरी चलौं भन्ने पक्षमा सरकार छैन । जुन बिन्दुसम्म पदमा बस्छौं देश र जनताका निम्ति प्रतिबद्ध भएर काम गर्छौं। यो अभियान हामी बिसर्जित गर्दैनौं। निरन्तर अगाडि बढाउँछौं ।’
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान कुनैपनि हालतमा नरोकिने प्रष्ट पारे।
सरकार अप्ठ्यारोमा पर्छ भनेपनि सुशासनको अभियान रोक्ने पक्षमा वर्तमान सरकार नरहेको गृहमन्त्री श्रेष्ठको भनाई छ ।
उनले सरकारलाई धम्काएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न पनि आग्रह गरे।
Leave a Reply