Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा सरकार छाड्न तयार छु : गृहमन्त्री श्रेष्ठ

    भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा सरकार छाड्न तयार छु : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको बताएका छन् ।

    गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । भ्रष्ट्राचारविरुद्ध अभियान चालउँदा सरकारलाई चौतर्फी घेराबन्दी भएको गृहमन्त्री श्रेष्ठको दाबी छ ।



    गृहमन्त्री श्रेष्ठले भने,‘मन्त्रीलाई धम्की दिएर, पख्लास् भनेर, घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ । हामी पदका लागि गएका होइनौं, देश र जनताको सेवा गर्न गएका हौं । जुन दिनसम्म सरकारमा रहन्छौं यो सुशासनको अभियान रोकिन्न ।’



    गृहमन्त्री श्रेष्ठले सुशासनको अभियान रोक्न आफूमाथि घेराबन्दी र धम्की दिन खोजिएको बताए । उनले ठग,तस्कर र भ्रष्टाचारीका संरक्षकहरुले सरकारलाई अप्ठेरोमा पार्न खोजेको बताए ।

    गृहमन्त्री श्रेष्ठले सरकारलाई भाँजो हाल्न सकिन्छ भनेर तस्कर तथा भ्रष्टाचारीका संरक्षकहरूले तैँ चुप मैँ चुप गर्न खोजेको भन्दै अब त्यो सम्भव नरहेको बताए । उनले कसैको घेराबन्दीले सुशासनको अभियान नरोकिने बरु सरकार छाड्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार