Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दावा छिरिङले यसरी बनाए काभ्रे प्रशासनलाई नागरिकता बेच्ने ‘अखडा’

    दावा छिरिङले यसरी बनाए काभ्रे प्रशासनलाई नागरिकता बेच्ने ‘अखडा’

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 1.1K
    SHARES

    काभ्रे । विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप चार जना विदेशीले एकैपटक नागरिकता लिएको खुलेको छ ।

    प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेपछि खुलेको अनुसन्धानबाट चारजना चिनियाँ मूलका नागरिकले काभ्रेबाट गैरकानुनी तरिकाबाट नागरिकता र राहदानी बनाएको खुलासा भएको हो ।



    दावाले नागरिकता बनाएकै दिन वि.सं. २०७४ पुष २० गते सोही ठेगाना र बाबुको नाम पनि एउटै राखेर जिल्ला प्रशासन कार्यालय काभ्रेबाट पासाङ लामाले नागरिकता लिएका थिए ।



    उनको नागरिकता नम्बर ११८६५ हो । दावा र पासाङका बाबुको नाम पेमा तामाङ राखिएको छ भने ठेगाना नमोबुद्ध ११ राखिएको छ । यिनै दुई जना दावा र पासाङले कर्मचारीको सेटिङ्गमा अनुसूची गायव बनाएर अभिलेख राखेर नागरिकता लिएका हुन् ।

    प्रहरीको सीआईबीले सुन तस्करकै अनुसन्धानका क्रममा दावासँग सम्बन्ध भएका थप चारजना चिनियाँ नागरिक पक्राउ परेसँगै काभ्रेबाट राहदानी लिएको खुलासा भएको हो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार