Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रदीप गिरि स्मृतिमा गर्न लागिएको ‘काठमाडौं-काशी’ यात्रामा परिवारले जनायो आपत्ति

    प्रदीप गिरि स्मृतिमा गर्न लागिएको ‘काठमाडौं-काशी’ यात्रामा परिवारले जनायो आपत्ति

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 819
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्मृतिमा गर्न लागेको भनिएको लोक एवम् लोकतन्त्र सेतु गाथा काठमाडौँ-काशी यात्रामा परिवारले आपत्ति जनाएको छ ।

    कार्यक्रमका आयोजकले गिरिको पहिलो वार्षिकीमा २ देखि ५ भदौसम्म सो कार्यक्रम आयोजना गर्न लागिएको सार्वजनिक गरेको थियो । लगत्तै परिवारको तर्फबाट प्रेस विज्ञप्तिमार्फत कार्यक्रमप्रति आपत्ति जनाइएको हो ।



    गिरिका अनुयायी कन्चन झालगायत कांग्रेस नेताहरुले गर्न लागेको यात्राका बारेमा समाचार र सामाजिक सञ्जालबाट थाहा पाएको र परिवारलाई जानकारीसमेत नदिई गिरिको अस्तु विसर्जन गर्नेसम्मका कार्यक्रम राखिएको भन्दै गिरिकी पत्नी भारती सिलवाल गिरिसहित परिवारले आपत्ति जनाएको छ ।



    उनीहरुले बिहीबार विज्ञप्ति जारी गर्दै परिवारजनसँग सरसल्लाहसमेत नगरी र अनुमति नलिई त्यस्तो कार्य गर्न लागिएकोप्रति असहमति जनाउँदै परिवारसँग जोडिएको स‌वेदनशील विषयमा गैरकानुनी ढ‌ंगले अशोभनीय क्रियाकलाप हुन लागेको घटनाले दुखित बनाएको बताएका छन् ।

    परिवारले त्यस्तो कार्यक्रम नगर्न पटक-पटक मौखिक र लिखित आग्रह गर्दा पनि अटेर गरिएको स्पष्ट पार्दै कार्यक्रमको बहानामा चन्दा उठाउने कार्य भइरहेकोसमेत विज्ञप्तिमा उल्लेख गरेको छ। परिवारले सो कार्यमा आफूहरुको असहमति रहेको र संलग्नता नरहेको समेत स्पष्ट पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार