Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • जनतासँग जोडिएर भ्रष्टाचारविरुद्ध क्रान्ति ल्याउने प्रयास गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड

    जनतासँग जोडिएर भ्रष्टाचारविरुद्ध क्रान्ति ल्याउने प्रयास गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 537
    SHARES

    रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल’ प्रचण्ड’ले भ्रष्टाचारविरोधी लडाईंले पार्टीप्रति जनतामा विश्वास बढेको बताएका छन् ।

    रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन आवश्यक छ । आउने ३ महिनामा नयाँ एउटा वातावरण बन्छ, बन्छ । अर्को ३ महिनामा हाम्रो पार्टी जीवन्त पार्टीका रूपमा आउँछ । त्यसो भयो भने २०६४ को निर्वाचनको जस्तै परिणाम ल्याउन गाह्रो छैन ।’



    जनताप्रतिको जिम्मेवारी माओवादीले नै लिन पर्ने भन्दै गहिरो बोधका कारण सुशासनको अभियान सुरु गरेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले ‘शान्ति सहकार्य र एकता’को सन्देशसहित मुलुकलाई नयाँ युगतिर लैजान आवश्यक रहेको बताए ।

    मुलुकमा स्थायी शान्ति, सुशासन र समृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न आफ्नो नेतृत्वको सरकार लागिरहेको पनि प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

    सरकार मुलुकमा भ्रष्टाचार अन्त्य गरी सुशासन र विकासका लागि अघि बढिरहेको भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको प्रधानमन्त्री प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार