Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो सातै प्रदेशमा अनुशासन आयोग प्रमुख, योग्यता कति ?

    राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो सातै प्रदेशमा अनुशासन आयोग प्रमुख, योग्यता कति ?

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ वटै प्रदेशमा अनुशासन आयोग गठनका लागि पदाधिकारी र सदस्यहरू माग गरेको छ ।

    पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै सातै प्रदेश र जिल्ला समितिमा समेत अनुशासन आयोग बनाउन लागेको हो ।



    पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न अनुशासन आयोग बनाउन लागिएको बताइएको छ । पार्टी सदस्यता लिएकामध्येबाट खुला आवेदन माग गरी पदपूर्ति गरिने छ ।



    ‘पार्टीका सदस्य एवं पदाधिकारीहरूलाई असल, आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लङ्घन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ (५) च को अधिनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली, २०८० जारी भएको हुँदा उक्त नियमावलीको अधिनमा रही यस पार्टीको सदस्य लिएकाबाट पदपूर्ति गरिने छ,’ रास्वपाको सूचनामा भनिएको छ।

    रास्वपाको नियमावलीअनुसार प्रदेश अनुशासन आयोग ५ सदस्यीय हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार