Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दश/दश लाख क्षतिपूर्ति पाउने भएपछि बालकको शव बुझे

    दश/दश लाख क्षतिपूर्ति पाउने भएपछि बालकको शव बुझे

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    झापा । पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई दश/दश लाख रुपैयाँ प्रदान गरिने भएको छ । भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर बुधबार बालकको मृत्यु भएको थियो ।

    बिहीबार उचित क्षतिपूर्तिको माग राख्दै परिवारले शव बुझेका थिएनन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको छलफलपश्चात् पाँचबुँदे लिखत सम्झौतापछि परिवारले दश घण्टापछि मृतक तीनै जना बालकको शव बुझेका थिए ।



    कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अङ्कुस तामाङ, बिर्तामोड नगरपालिका–९ हाल मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो । मृत्यु हुनेमा अनिलको शव बुधबार साँझ ७ बजे भेटिएको थियो, भने थामी दाजुभाइको शव बिहीबार बिहान ९ बजे मात्रै भेटिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार